बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तपाईंको भान्छा

तपाईंको भान्छा

अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका भान्छे ज्याक्वेस पेपिनको ‘क्विक एण्ड सिम्पल’भन्ने खानासम्बन्धी पुस्तकलाई उधृतगर्दै फोब्र्सबाट भावानुवाद


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १३ २०७७, शुक्रबार

हिजो आमाहरु चुलेसीले तरकारी काट्नुहुन्थ्यो । आँखा अन्यन्त्र हुँदा पनि आमाहरुको हात यसरी यन्त्रजस्तै चलिरहन्थ्यो । प्रकट पगेनी ‘शिव’ले धन्न ‘किन राख्यौ चोखो मुट तिखो चुलेसीमा’ लेखिदिएका छन् र चुलेसी हराएको छैन । गाउँघरमा अहिले पनि चुलेसी चल्छ । अहिलेको पुस्ताले चुलेसी भुल्नै थालिसक्यो । आधुनिक भान्छामा चक्कु र चपबोर्ड चल्छ । चक्कु र चपबोर्ड ठोक्किँदाको आवाज पनि नमीठो चाहिँ हुँदैन । चर्चित कुकहरुले चट्चट् बनाएर प्याँज र आलु काटेको,अगेनामा ताप्के बसाएर तरकारी ओइरिँदाको मज्जा नै छुट्टै हुन्छ । आमाहरुको भान्छाको विशेषता भनेको के हो भने, समय र मौषम अनुसार उहाँहरु तरकारी बनाउनुहुन्छ । हतारको बेला भान्छामा गुन्द्रकु पाक्छ । गर्मी लागेपछिख आलुतामाको बास्ना चल्छ अनि दशैंमा मासुका परिकार बन्छन् । छिटो सबैलाई चाहिन्छ । विश्वप्रसिद्ध भान्छे,जसले अमेरिकी राष्ट्रपति जेएफ केनेडीको लागि खाना बनाउँथे । उनको हालै प्रकाशित ‘क्विक एण्ड सिम्पल’ भन्ने पुस्तकमा छिटो पेटपूजा गर्ने केही परिकार कसरी बनाउने भन्ने सिकाएका छन् । रमाइलो त के भने उनले छिटो खाना बनाउँदा काट्ने र ताच्छ्ने कुरा पनि बिर्सिएका छन् । उनले सबैभन्दा छिटो पाक्ने र मीठो हुने ‘भेजिटेबल सुप’ यसरी बनाउनुपर्छ भन्ने सुझाएका छन् ।
भेजिटेबल सुप
आवश्यक सामग्री :
–२ वटा प्याँज
–एउटा ठूलो गाजर
– बन्दा
– केही आलु
–सलगम वा मुला
–घिरौंला वा सिजन अनुसारको तरकारी
हरियो प्याँजको पात वा लसुनको पात
–भिजाइएको गेडागुडी
–ब्रोकाउली
–धनियाँको पत्ता-धुलो
–केही लसुन
–एक चम्चा कागजीको रस
–तोरीको तेल
–नुन
तरिका :
तयार पारिएका तरकारीहरुलाई सफा गर्नुहोस् ।तपाईं यी तरकारीलाई हातले चुडाल्न पनि सक्नुहुन्छ ।
– एउटा ठूलो कराइ बसाल्नुहोस् र मन्द आगो बलेको चुल्होमा कराइ बसाल्नुहोस् र त्यसमा तोरीको तेल राख्नुहोस् । तेल तातेपछि प्याँज ओइरिनुहोस् र ३ मिनेटजति चलाउनुहोस् ।
–गाजर,बन्दा,आलुलगायतका तरकारीहरु मिसाउनुहोस् । यी तरकारीलाई तपाईं गोलो बनाएर काट्न सक्नुहुन्छ ।
अब आगो चर्को बनाउनुहोस् । आवश्यकता अनुसार नुन र कागतीको अमिलो राख्नुहोस् । २० मिनेट पकाउनुहोस् ।
–अब त्यसमा लसुन वा प्याँजको पत्ता र धनियाको पात राख्नुहोस् ।
–अब तात्तातो सुप खानुहोस् ।
–तपाईं आफूलाई मन परे टिम्बुरको धुलो मिसाउन पनि सक्नुहुन्छ ।

क्यालोरी :
सोडिएम : ५१८ ग्राम
फ्याट : १० ग्राम
कार्बोहाइडे«ड : २७ ग्राम
फाइबर : ६ ग्राम
प्रोटिन : ७ ग्राम
चिनी :४ ग्राम
नोट : तपाईंले मिसाएका तरकारीले क्यालोरीको मात्र फरक हुनसक्छ तर यो स्वास्थ्यको लागि असाध्यै राम्रो मानिन्छ ।
(वासिङ्टनपोष्टबाट भावानुवाद )

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->