बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा विद्यालय बन्द नहुने

बागलुङमा विद्यालय बन्द नहुने


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १८ २०७७, बुधबार

बागलुङ, १८ चैत– बागलुङ, १८ चैत– वायु प्रदूषणका कारण सरकारले मंगलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि बागलुङका केही स्थानीय तहले भने शिक्षण संस्था नियमित सञ्चालन गर्ने भएका छन् । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गर्दै विद्यालय नियमित सञ्चालन गर्न आग्रह गरेका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार विज्ञप्ति प्रकाशित गरी मंगलबारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो ।
बागलुङका तीनवटै स्थानीय तहका शिक्षा, युवा तथा खेलकूद शाखाले मंगलबार विज्ञप्ति जारी गरी विद्यालय नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिएका छन । शाखाहरुद्वारा जारी विज्ञप्तिमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय नियमित रुपमा सञ्चालन गर्न सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->