शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१९ औ आहा रारा गोल्डकप शुरु एपिएफ सेमिफाइनलमा

१९ औ आहा रारा गोल्डकप शुरु एपिएफ सेमिफाइनलमा


  • विजय नेपाली
  • चैत्र २१ २०७७, शनिबार

पोखरा, २१ चैत–सहारा क्लब पोखराको आयोजनामा १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।
पोखरा रंगशाला स्थित फुटबल मैदानमा शनिवार भएको उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लब पोखरालाई १(० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलको ८७ औ मिनेटमा आशिष लामाले गोल गर्दै जित दिलाए ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन ।
खेलको ५ औ मिनेटमा एपिएफका बुद्धिमान राइको क्रस पासमा प्रभिन साङतनले हेडर सहाराका गोलरक्षक दिप कार्कीले बचाउ गरे । छैटौं मिनेटमा सहाराका त्रिदेव गुरुङको पासमा विनोद गुरुङको भली प्रहार बाहिरियो । १९ औ मिनेटमा एपिएफले पाएको अवसरको सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुक्यो । प्रविन साङतानको प्रहार आकाशियो । खेलको २६ औ मिनेटमा श्याम नेपालीको पासमा प्रदिप लामाले क्रस गरेको बल सहराका विदेशी खेलाडी एडमा डुम्विया डेडेले उत्कृष्ट बचाउ गर्दै जोगाए । लगत्तै २७ औ मिनेटमा राजन गुरुङले करिब २५ यार्डबाट गरेको प्रहार फस्टबार नजिकैबाट बाहिरीयो । खेलको ४५ औ मिनेटमा राजनकै प्रहार सहाराका गोलरक्षक दिपले उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा प्रदिप लामाले प्रहार गरेको बल निकै बाहिरियो ।
खेलको ४७ औ मिनेटमा एपिएफका डिफेन्डर राजनले बल फुस्काउदा सहाराले गोल गर्ने अवसर पाएपनी सदुपयोग गर्न भने सकेन । सहाराका विनोद गुरुङले त्रिदेवलाई दिएको पासमा गोल गर्न सकेनन् । उनको प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे ।
एपीएफले ५० औ मिनेटमा पाएको कर्नरमा कप्तान सुदिप शिखाकरले प्रहार गरेपनी पोष्ट नजिकैबाट बाहिरीयो । प्रदिप लामाले प्रहार गरेको बललाई जालीको दिशा दिन सकेनन् ।
खेलको ५६ औ मिनेटमा प्रदिप लामाले प्रहार गरेको फ्रीकिकमा आशिष् लामाले ब्याक हेडर गरेको बल सहाराका गोलरक्षकले फुस्काउन पुग्दा कमल थापाले बचाउ गर्दै टोलीका लागि संकट टारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->