शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अभिषेकलाई

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अभिषेकलाई


  • विजय नेपाली
  • चैत्र २१ २०७७, शनिबार

पोखरा, २१ चैत– सहारा क्लब पोखराले यो वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७ बाट राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गरेको छ । नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला सहित रिजाललाई सम्मान गरिएको हो । फुटबल खेलबाट राष्ट्रका लागि पु¥याएको योगदानको कदर गर्दै रिजाललाई सम्मान गरिएको हो । उनले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालका लागि पहिलो गोल समेत गरेका थिए । नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत फुटबलमा ऐतिहासिक स्वर्ण पदक हात पारेको थियो । उक्त पुरस्कारबाट राष्ट्रिय टोलिका कप्तान एवम् गोलरक्षक किरण चेम्जोङ, राष्ट्रिय टोलीका फरवार्ड भरत खवास, पुर्व कप्तान सुजल श्रेष्ठ लगायत सम्मानित भइसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल खेलकुद पत्रकार मञ्च र एन्फाको रेफ्री समितिबाट सिफारिस भएर आएका ३ खेलाडीको नामबाट सम्मानित हुने खेलाडीको नाम छनोट गरिने सहाराले जानकारी दियो । (तस्वीरः सुदर्शन रञ्जित )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->