पोखरा, २२ चैत– अफ्रिकन रुट्स एशोसियसन क्यामरुन पोखरा रंगशाला फुटबल मैदानमा जारी १९ औँ संस्करणको आहा ! रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा लिग विजेता मछिन्द्र क्लबलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
आहा ! रारामा पहिलो पटक सहभागिता जनाएको पाहुना टोली क्यामरुनले निकै उत्कृष्ट खेल प्रदर्सन गर्दै जित हात पा¥यो ।
खेलको २३ औं मिनेटमा मोउसाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनी खेलको म्यान आफ दी म्याच समेत घोषित भए । यस्तै खेलको ८३ औं मिनेटमा डिजोमोको क्रस पासमा एनजिमीले गोल गर्दै अफ्रिकन रुट्स एशोसियसनलाई २–० गोलको अग्रतामा पु¥याए । खेलको सुरुवात देखि नै निकै दबाबमा राखेको क्यामरुनी टिमले मछिन्द्रलाई खेलमा फर्कने अवसर भने दिएन । मछिन्द्रका लागि खेलको अतिरिक्त समयमा अभिषेक रिजालले गोल फर्काउँदै गोल अन्तर घटाँउदै खेलमा फर्किने कोशिस गरेपनि पर्याप्त भने रहेन ।
प्रतियोगिता अन्तर्गत सोमबार थ्रिस्टार क्लब र संकटा क्लब बिच प्रतिस्पर्धा हुनेछ ।




