शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राजमोको सम्मेलन आजबाट

राजमोको सम्मेलन आजबाट


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २४ २०७७, मंगलबार

पोखरा, २४ चैत– राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि बुटबलमा सुरु हुँदैछ । सम्मेलनको अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नेछन् ।
सम्मेलनको मूल नारा ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं ! संघीयता खारेज गरौं, भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं ! भन्ने नाराका साथ आयोजना हुने अधिवेशन बिहीबारसम्म चल्नेछ । पार्टी निकट सबै भातृसंगठनका प्रतिनिधिहरुले उद्घाटनमा भाग लिनेछन् । दोस्रो दिनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ भने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । चैत २६ गते घोषणासभा गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा केही जिल्लाबाहेक देशभरका अधिकांश जिल्लाहरुबाट प्रतिनिधित्व रहने राजमोले जनाएको छ ।राजमोको तेस्रो सम्मेलन २०७२ सालमा बुटवलमै सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->