पोखरा, ४ वैशाख–अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना हुन लागेको ए डिभिजन राष्ट्रिय फुटसल लिगका लागि पोखराबाट स्पोटर्स क्यासल र सविन मेमोरियल फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेश छनौटखेलको फाइनलमा प्रवेश गरेसंगै दुवै टिम छनौट भएका हुन ।
शनिवार भएको सेमिफाइनल खेलमा स्पोर्टस क्यासलले भ्याली स्पोर्टसलाई ३–२ ले हराउँदै फाइनल संगै लिगका लागि छनोट भएको हो ।
यस्तै सविन मेमोरियलले संगमलाई सेमिफाइनलमा १०–१ को फराकिलो गोल अन्तरले हराउँदै फाइनलसंगै लिगमा छनोट भएको छ ।
पोखरामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।




