बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसईईको नमूना परीक्षा सुरु

एसईईको नमूना परीक्षा सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७८, आइतबार
फाईल तस्विर

बागलुङ, ५ वैशाख– एसईई परीक्षाको छाया परीक्षाको रुपमा बागलुङसहित देशभरका संस्थागत विद्यालयले आइतबारदेखि परीक्षा संचालन गरेका छन् ।
विद्यालय तहको कक्षा १० मा अध्ययन गर्ने १४ वटा संस्थागत विद्यालयले बागलुङमा परीक्षा सुरु गरेका हुन् । तीमध्ये सबैभन्दा धेरै सदरमुकाम बागलुङका विद्यालय छन् ।
प्याब्सन बागलुङ नगर कमिटिका अध्यक्ष कृष्ण अधिकारीका अनुसार, नगरपालिका भित्र मात्रै ७ विद्यालयका २ सय ५८ जना विद्यार्थीले परीक्षा दिएका हुन् । केन्द्रीय तहबाटै आएको प्रश्नपत्रमा आधारित भएर सम्बन्धीत विद्यालयमै केन्द्र राखेर परीक्षा चलाएको अधिकारीले बताए ।
‘हामीले एसईईको नमूना परीक्षा सुरु गरेका छौ, यसले विद्यार्थीलाई राष्ट्रिय परीक्षाका लागि तयार पार्नेछ’ अधिकारीले भने, ‘म¥र्यादित परीक्षाका लागि एक घण्टाअघि मात्रै प्रस्नपत्र खोल्ने, परीक्षा केन्द्र कायम गर्ने र निरिक्षकको निगरानीमा परीक्षा दिने व्यवस्था भएको छ ।’
यो परीक्षालाई नगर तथा गाउँ शिक्षा समितिले अनुगमन गर्नेछ । साथै शिक्षा विकास तथा समन्वय इकाईमा पनि अनुगमनका लागि पत्राचार गरिएको उनले जानकारी दिए ।
अघिल्ला वर्ष चैत महिनामै एसईई हुने गरेको थियो । कोरोनाका कारण गत वर्षको तालिका फेरिएपछि यो वर्ष पनि जेठ महिनामा मात्रै परीक्षा हुने भएको छ । त्यसैले नमुना र तयारी स्वरुप परीक्षा चलाइएको उनले जानकारी दिए । अधिकारीका अनुसार ८ वटा विषयको परीक्षा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->