पोखरा,५ वैशाख– प्रथम मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी भ्याली स्पोटर्स क्लबले उचालेको छ । पोखरा–२५ हेम्जाको जैसीचौर खेल मैदानमा भएको फाइनल खेलमा न्यू एयरपोर्ट चाउथेलाई ३–१ गोलले हराउँदै उपाधी चुमेको हो । उपाधीसंगै भ्यालीले नगद १ लाख रुपैँयाको साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता चाउथेले ५० हजार रुपैँया प्राप्त ग¥यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भ्याली स्पोटर्सका सन्तोष केसी घोषित भए उनले नगद ५ हजार रुपैँयाको साथमा ट्रफि र बम्जिको टिकट प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक भ्याली कै विकास गुरुङ, उत्कृष्ट डिफेन्डर चाउथेका सुनिल राना, उत्कृष्ट मिडफिल्डर एयरपोर्टका धरमराज पराजुली, उत्कृष्ट फरवार्ड भ्यालीका लक्ष्मण हिताङ, उच्च गोलकर्ता भ्यालीका विजय गुरुङ घोषित भए । उनीहरुले समान ५–५ हजार रुपैँया, ट्रफि र जिपफ्लाइको टिकट प्राप्त गरे । प्रतियोगिताको अनुसाशित टिम हेटौडाको काल भैरव घोषित भयो ।




