शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संसद अधिवेशन अन्त्य

संसद अधिवेशन अन्त्य


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ६ २०७८, सोमबार

काठमाडौं, ६ वैशाख– मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
सरकारले गत पुस ५ मा संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । फागुन ११ गते सर्वोच्चले संसद विघटन बदर गरेपछि सरकारले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाएको थियो । तर चालु अधिवेशनमा संसदमा कुनै विधेयकमाथि छलफल भएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->