काठमाण्डौ, ८ वैशाख– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको छ । काठमाडौंको होटल मेरियटमा भेटवार्ता भएको हो । वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी भएका थिए । आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक वार्ता र लचिलो भएर पार्टी एकता गर्न सुझाएका थिए । वार्ताको बिस्तृत विवरण आउन बाँकी छ ।





