शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा एकै दिन १४३ मा कोरोना पुष्टि, कास्कीमा २ को मृत्यु

गण्डकीमा एकै दिन १४३ मा कोरोना पुष्टि, कास्कीमा २ को मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७८, बुधबार

पोखरा,८ वैशाख–कोरोना भाइरसबाट कास्कीमा २ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर चलिरहँदा गण्डकी प्रदेशमा समेत दिनानुदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ की ५४ वर्षीय महिला र पोखरा–३३ का ८४ वर्षीय पुरुष रहेका छन् । दुवै लेखनाथका हुन । ५४ वर्षीय महिलाको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने ८४ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जानकारी दिएको हो । कास्कीमा बुधवार मात्रै ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा कास्कीका ५९ तथा लाइफ केयर एण्ड डाइग्नेस्टिक प्रा.लिमा कास्कीमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र तथा लाइफ केयर एण्ड डाइग्नेस्टिक प्रा.लिमा गरिएको परिक्षण अनुसार बाग्लुङका ५० जना, स्याङ्जाका ६, तनहुँका ४, पर्वतका ३ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशमा हालसम्म १७ हजार ४ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्ममा मृत्यु हुनेको संख्या २ सय ११ पुगेको छ । कास्कीमा भने बुधबार सहित हालसम्म मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->