आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा रंगशालाका खेलकुद गतिविधि भोलि देखि बन्द

पोखरा रंगशालाका खेलकुद गतिविधि भोलि देखि बन्द


  • विजय नेपाली
  • बैशाख ८ २०७८, बुधबार

पोखरा,७ वैशाख– पछिल्लो समय कास्कीमा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएसंगै संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि पोखरा रंगशालाका सम्पूर्ण खेल गतिविधि बन्द गरिएको छ । देशभर कोरोना भाइरसको जोखिम उच्च भएसंगै सरकारले भिडभाड नर्गन आग्रह गरेको छ । पश्चिमाञ्चल खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद संघले संयुक्त रुपमा सुचना निकाल्दै खेल गतिविधि बन्द गर्न आह्वान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार प्रशिक्षण, सभा समारोह तथा प्रतियोगिता बन्द गर्ने निर्णय गरेको हो । आगामी वैशाख मसान्तसम्मका लागि रंगशालामा सर्वसाधारणलाई समेत प्रवेश निषेध गरिएको छ । तर अन्तराष्ट्रिय खेलमा सहभागीताका लागि बन्द प्रशिक्षण तथा पुर्वाधार निमार्णका काम भने आवस्यक स्वास्थ्य सुरक्षा अपनाइ संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->