तनहुँ, ९ बैशाख– तनहुँमा मोटरसाइकलले सडक किनार हिँडिरहेकी वृद्धालाई ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीकी ७० वर्षीया राधिका लम्साल छिन् ।
थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १७ प ८७४ नम्बरको मोटरसाइकलले मंगलबार साँझ ठक्कर दिँदा ती वृद्धा गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापश्चात तत्कालै दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचारमा लगिएपनि उनको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।





