शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ओली र नेपालबीचको भेटवार्ता सकियो

ओली र नेपालबीचको भेटवार्ता सकियो


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७८, बिहिबार

काठमाण्डौ, ९ वैशाख– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ । दुई नेताबीच काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भएको छलफल सकिएको हो । छलफलमा के भयो भन्ने बिषयमा केही जानकारी बाहिर आएको छैन ।

पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा छन् । अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आपसमा जुहारी चल्ने र पानी बाराबारको स्थिति रहदै आएको थियो । फुटको अन्तिम कसरतमा रहेका बेलामा ओली र नेपालबीच बुधबार बेलुका दुई घण्टा भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ । ओली र नेपालबीचको भेटवार्ताले पार्टीभित्रको विवाद समाधान हुने अपेक्षा कार्यकर्ता र शुभचिन्तकले गरेका छन् । बुधबार पनि ओली र नेपालबीच बुधबार बेलुका पनि दुई घण्टा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->