शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

फागुनभित्रै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा

फागुनभित्रै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७८, शुक्रबार

काठमाण्डौ, १० वैशाख– प्रधानमन्त्री केपी ओलीले आगामी फागुन महिनाभित्रैमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा नेताहरुलाई आगामी फागुनभित्रै चुनाव हुने भन्दै उनले तयारीमा जुट्न निर्देशन दिएका छन् । स्थायी कमिटीको गठन र कर्णालीमा पार्टी ह्वीप विपरित नेकपा माओबादी केनद्रका मुख्यमन्त्रीलाई मत दिने आफ्ना चार प्रदेश सांसदलाई कारवाही गर्न बसेको बैठकमा ओलीले निर्वाचनबारे मुख खोलेका हुन् ।

संघीय प्रतिनिधिसभा विघटन गरी निर्वाचन जाने निर्णय गरेका ओलीले स्थानीय तहको निर्वाचनको मितिबारे मुख खोलेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएपछि ओलीले स्थानीय तहको तयारीमा लाग्न भनेका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->