आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राजन एण्ड ब्रर्दशद्धारा सहारा एकेडेमीलाई ट्याकसुट र फुटवल सहयोग

राजन एण्ड ब्रर्दशद्धारा सहारा एकेडेमीलाई ट्याकसुट र फुटवल सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७८, शुक्रबार

पोखरा १०, वैशाख–पोखराको राजन एण्ड ब्रदर्शले सहारा क्लव पोखराले संचालन गर्दै आएको सहारा एकेडेमीका बालकहरुलाई ट्याकसुटको साथमा फुटवल सहयोग हस्तान्तरण गरेको छ । बर्दशले शनिबार पोखरा १७ मा रहेको सहारा एकेडेमेको अवलोकन गर्दै २६ थान ट्रयाकसुट र १० थान बल सहयोग हस्तान्तरण गरेको क्लवले जनाएको छ ।
राजन एण्ड व्रर्दश एवं हालै सम्पन्न भएको फुटसव प्रतियोगिता संयोजक आशिष क्षेत्री, सदस्यद्वय ओम गुरुङ र अर्विन गुरुङ, स्पोर्टस क्यासलका सञ्चालक एवं पूर्व राष्ट्रिय खेलाडी चन्द्र गुरुङ ‘इस्वर’ लगायतले सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, क्लवका पूर्व अध्यक्ष विरभद्र आचार्य लगायतलाई उक्त खेल पोशाक एवं खेल सामाग्रि सहयोग हस्तान्तरण गरेका हुन् ।
पोखरामा गत चैत १०–१२ गते सम्म स्पोर्टस क्यासलमा सञ्चालन भएको सवैभन्दा ठूलो पुरस्कार राशीबाट वचत रकमले एकेडेमीका बालकहरुलाई सहयोग गरिएको प्रतियोगिताका संयोजक क्षेत्रीले बताए । खेल क्षेत्रबाट बचत रकम खेल क्षेत्रमा लाग्ने क्लवमा आश्रित बालकहरुको लागि गरिएको उनले जनाए । सहारा एकेडेमीमा विभिन्न १४ जिल्लाका विपन्न वर्गका २४ जना बालकहरु रहेका छन्। सहारा एकेडेमीमा प्राविधिक कारणशव पुग्न नसकेका संस्थाका अध्यक्ष राजन गुरुङले आगामी दिनमा सहारा क्लवलाई सहयोग गर्ने वचन दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->