शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रजातन्त्रलाई मेरुदण्ड बनाइनुपर्छ : शुक्रराज शर्मा

प्रजातन्त्रलाई मेरुदण्ड बनाइनुपर्छ : शुक्रराज शर्मा


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १२ २०७८, आइतबार

पोखरा, १२ वैशाख– नेपाली कांग्रेस कास्कीका नेता शुक्रराज शर्माले प्रजातन्त्रलाई मेरुदण्ड बनाउनु पर्ने बताएका छन । उनले प्रजातन्त्र माथि तानाशाही प्रवृत्तिको कालो बादल मडारिरहेको बताउँदै प्रजातन्त्रका रक्षाका लागि मेरुण्डको रुपमा राख्नुपर्नेमा जोड दिए ।
नेपाल ट्रेड युनियन कांग्रेसको आयोजनामा भाएको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा नव निर्वाचित पत्रकार महासंघ पदाधिकारीलाई बधाई कार्यक्रममा नेता शर्माले उक्त कुरा बताएका हुन । देशमा राजा सहितको तानाशाही शासनको अन्त्य गर्न अहम भुमिकाखेलेको पत्रकारहरुको निर्वाचनले पुन ओली शासनको पनि अन्त्य हुने संकेत दिएको बताए ।
‘हामीले राजा शासनकै अन्त्य गर्दासमेत कलमले साथ दिएका थिए । फेरि आज देशमा प्रजातन्त्रमाथि प्रहार गर्दै प्रतिगमनको अन्त्य हुने संकेत पत्रकार महासंघको निर्वाचनको नतिजाले देखाएको छ,’ शर्माले भने, ‘प्रजातन्त्रमा विधिको शासन, मर्यादा र जनचाहना अनुसारको नियम हुन्छ । त्यसैले जितको अहंकार नगरौं ।’
निर्वाचनमै जितेर झण्डै दुई तिहाइको बहुमत ल्याएको नेकपामा पनि जितको अहंकारले देशनै डुबानमा परेको उनले बताए । तानाशाही पदमा हिडेका नेताले कालो बादलले ढाक्दै हिँडेको अवस्थामा त्यसको परास्त गर्दै पत्रकारको कलमबाट नै अघि बढ्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->