आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आहा १ रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कूटर हस्तान्तरण

आहा १ रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कूटर हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०७८, सोमबार

पोखरा, १३ वैशाख– आहा रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ ।
सहारा क्लब पोखराको आयोजनामा भएको १९ औं संस्करणको आहा १ रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई सोमबार अप्रिला स्कूटर हस्तान्तरण गरिएको हो ।
उपाधि विजेता टोली संकटाका गोलरक्षक समेत रहेका राजुबावुलाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कूटर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा क्लबका अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, प्रथक उपाध्यक्ष हरिराम गुरुङ ९सुरज० लगायतको उपस्थिति थियो ।
राजुबाबुले प्राप्त गरेको स्कूटर अप्रिला स्ट्रोम १२५ को बजार मूल्य २ लाख ४६ हजार ९ सय पर्छ । कम्पनीले स्कुटरमा लाग्ने कर छुट समेत गरी हस्तान्तरण गरेको जनाएको छ ।
पोखरा रंगशालामा गत चैत २१ देखि २८ सम्म सम्पन्न प्रतियोगितामा संकटाले उपाधि जित्दा पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, क्यामरुन उपविजेतामा सीमित भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->