शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एक दिनमै ३ थरि रिपोर्ट !

एक दिनमै ३ थरि रिपोर्ट !


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७८, बिहिबार

पोखरा, १६ वैशाख – बुधबारको प्रदेश सभा बैठकमा अनुपस्थित भएका जनमोर्चाका सांसद खिमविक्रम शाहीको एक दिनमै ३ थरि रिपोर्ट आएको छ । पहिलो २ रिपोर्ट १० मिनेटको फरकमा २ थरि नतिजा आएको थियो भने पछिल्लो पटक प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
पहिलो २ सरकारी प्रयोगशालामा गरिएको परीक्षणमा नेगेटिभ र निजी प्रयोगशालामा गरिएको नतिजा पोजेटिभ देखिएको थियो । ‘पहिल्लो रिपोर्ट चरक अस्पतालमा रहेका शाहीबाट ल्याएर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो,’ प्रयोगशाला स्रोतले ढोरपाटनसँग भन्यो ।
शाहीले दुवै ठाउँमा मंगलबार नै स्वाब बुझाएको उनको रिपोर्टमा उल्लेख छ । प्राप्त रिपोर्टअनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा बुधबार बिहान ७ बजेर २० मिनेट ६ सेकेन्डमा आएको नतिजा नेगेटिभ छ भने लाइफ केयर डायग्नोस्टिकमा बुधबार नै ७ बजेर ३० मिनेटमा आएको नतिजा पोजेटिभ छ । थोरै समयको अन्तरालमै फरक नतिजा आएपछि रिपोर्टबारे छानविन गर्नुपर्ने सांसदहरुले कुरा उठाएका छन् ।
सरकारी र निजी प्रयोगशालाले फरक रिपोर्टका कारण सभासद खिमविक्रम शाही अकस्मात चरक मेमोरियल अस्पताल भर्ना भए । यहाँको लाइफ केयर डायगोनोेष्टिकले प्रदेश सभामा सर्वाधिक खोजिएका उनीमा कोभिड संक्रमण भएको ‘चिर्कटो’ थमाइदियो ।
शाही अस्पतालमा छन् तर उनको २ वटा रिपोर्ट सन्देहको घेरामा परेको छ ।
जनस्वास्थ्य विज्ञ एक चिकित्सकका अनुसार करिब एउटै समयमा दिइएको स्वाबको फरक रिपोर्ट आउँदा शंका गर्नुपर्ने ठाउँ छ । ‘दुवैतिर दिएको स्वाबलाई फेरि क्रस चेक गर्दा हुन्छ,’ उनले भने, ‘त्यस्तो अवस्था आए र विश्वास नलागे माननीयज्यूको डिएनए परीक्षण गर्दा पनि थाहा हुन्छ ।’
ती चिकित्सकका अनुसार निजी र सरकारी दुबैमा दिएको स्वाबको डिएनए परीक्षण गर्दा सही कुरा के हो भन्ने सजिलै बाहिर आउँछ । ‘माननीयको डिएनएसँग स्वाब मिल्यो भने ठीकै भयो,’ उनले भने, ‘हैन भने त्यहाँ गडबड भएको हुनसक्छ, संकटको बेला ल्याबहरुको विश्वसनीयता जोगाउन पनि कुरा प्रष्ट पार्नुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->