पोखरा, १६ वैशाख– गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै पोखराका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा पोखरा १४ का ४३ वर्षीय पुरुष छन् । उनको मेडिप्लस अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो । निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माक अनुसार उनलाई बैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, बिहीबार बिहान पोखरा ८ का ८९ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको डा शर्माले जानकारी दिए । फागुन ८ गते कोरोना संक्रमण पु्ष्टि भएका उनको होम आइसोलेसनमै मृत्यु भएको हो । यो सँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।




