शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७८, आइतबार

बुटवल, १९ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा उनले राजीनामा दिएका हुन् ।
दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन् । जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ । नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिएको बताए ।
लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुखसहित), जसपाका २ र राजमोका १ सांसद छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->