आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कतार सरकारद्वारा १४ नेपालीलाई आममाफी दिने घोषणा

कतार सरकारद्वारा १४ नेपालीलाई आममाफी दिने घोषणा


  • Dhorpatan News
  • बैशाख २१ २०७८, मंगलबार

दोहा, २१ वैशाख – विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि सरकारले कतार सरकारलाई आग्रह गरेको थियो । आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->