शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जेष्ठ २ नै हाम्रो बटम लाइन हो : माधव नेपाल

जेष्ठ २ नै हाम्रो बटम लाइन हो : माधव नेपाल


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७८, शुक्रबार

काठमाण्डौ, २४ वैशाख– नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएको छ ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेसँगै लामो समयदेखि छलफलविहीन रहेको ओली र नेपालबीच छलफल सुरु भएको छ ।
पार्टी भित्रको विवाद नमिलाइकन विश्वासको मत लिन नसकिने मत ओलीका विश्वास पात्रहरुको दवावको कारण ओलीले मधव नेपाल पक्षसँग छलफल सुरु गरेका हुन् । ओली नेपाल छलफल सुरु भएसँगै अब एमाले एक भएको कुरा बाहिर आउन थालेपछि माधव नेपालले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
नेपालले भनेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।’
उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने बताएका छन् । भने २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन भएको पनि जानकारी दिएको छ । उनले यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->