शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राष्ट्रियसभा उपनिर्वाचन : वागमतीमा एमाले भ्रसेस एमाले

राष्ट्रियसभा उपनिर्वाचन : वागमतीमा एमाले भ्रसेस एमाले


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७८, शुक्रबार

हेटौडा, २४ वैशाख– वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मदेवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुबै नेकपा एमाले हुन् ।
बादल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार हुन् भने देवकोटा एमालेकै माधव नेपाल पक्षका । बादलको उम्मेदवारी प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् । देवकोटाको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले छिन् ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यही ठाउँबाट निर्वाचित भएका थिए । पार्टी परित्याग गरी एमालेमा गएपछि माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो ।
गृहमन्त्री रमेत रहेका बादलको सांसद पद गुमेकाले खाली भएको ठाउँमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्र छाडेर एमालेमा आएका कारण केपी ओली पक्षले बादललाई नै पुनः उम्मेदवार बनाएको छ ।
डा। देवकोटा एमाले निकट बुद्धिजीवी हुन् । उनी एमालेकै कोटाबाट वाग्मती प्रदेश योजना आयोगको उपाध्यक्ष भएका थिए । तर मुख्यमन्त्री डोरमणि पौडेल तथा मन्त्रीहरु सिष्टममा नचलेको भन्दै देवकोटाले एक वर्ष काम गरेर ०७६ असारमा पदबाट राजीनामा दिएका थिए । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तीय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->