शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एकताबद्ध हुन एमालेका ११ जिल्ला अध्यक्षको अपिल

एकताबद्ध हुन एमालेका ११ जिल्ला अध्यक्षको अपिल


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७८, शुक्रबार

बागलुङ, २४ वैशाख– एमालेलाई एकताबद्ध राख्न गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले संयुक्त अपिल गरेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जीवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टी भित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तरविरोधहरू देखापरिरहेका छन् । यो अन्तरसंघर्षले पार्टीलाइ क्षति पुर्‍याइरहेको हामीले महसुस गरिरहेका छौँ । कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मासाथ गर्दै हाम्रा आदरणीय नेताहरूलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौँ,’ अपिलमा भनिएको छ ।
गण्डकी प्रदेश भित्रका जिल्ला अध्यक्षहरू कास्कीका कृष्णबहादुर थापा, स्याङ्जाका सुर्यप्रसाद शर्मा (पारस), तनहुँका केदार सिग्देल, लम्जुङका धनन्जय दवाडीले हस्ताक्षर गरेका छन् ।
गोरखाका प्रेमबहादुर गुरूङ, पवर्तका पदम गिरी, बाग्लुङका इन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठले पनि सही गरेका छन् ।
मुस्ताङका मोहन गौचन, मनाङका पाल्देन छोपेन गुरूङ, नवलपुरका रोशन गाहाले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->