बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अक्सिजन सिलिन्डर संकलन गर्दै कास्की प्रहरी

अक्सिजन सिलिन्डर संकलन गर्दै कास्की प्रहरी


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७८, शनिबार

पोखरा, २५ वैशाख–कास्कीमा अक्सिजनको कमि हुन नदिन प्रहरीले अक्सिजन सिलिन्डर संकलन गर्न सुरु गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अक्सिजनको खपत दैनिक बढिरहदाँ कास्कीमा समेत अभाव हुने सम्भावनालाई मध्येनजर गर्दै सिलिन्डर संकलन सुरु गरेको हो ।

(तस्वीर सौजन्य ः जिल्ला प्रहरी कार्यालय कास्की)

जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला भित्र रहेका विभिन्न मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत विभिन्न कम्पनिमा रहेका अक्सिजन सिलिन्डर अवस्था सामान्य भएपछि फर्काउने सर्तमा संकलन गरेको हो ।

(तस्वीर सौजन्य ः जिल्ला प्रहरी कार्यालय कास्की)

प्रहरी मातहातकै चौकीबाट संकलन सुरु गर्दै संक्रमित विरामीहरुको उपचारका लागि आवस्यक पर्न सक्ने भन्दै १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर पोखरा अक्सिजन प्रा.लि र कालिगण्डकी अक्सिजन प्रा.लिलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । यस्तै कास्की प्रहरी प्रमुख जिवन कुमार श्रेष्ठले अक्सिजन सिलिन्डर भएर प्रयोगमा नरहेको भए सहयोग गर्न अपिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->