शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संघीय संसदका १९ सांसदलाई कोरोना संक्रमण

संघीय संसदका १९ सांसदलाई कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७८, शनिबार

काठमाण्डौ, २५ वैशाख– संघीय संसदका १९ जना सांसदसहित १ सय ६० जनालाई कोरोना संक्रमण देखिएको छ । बैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकलाई मध्येनजर गर्दै यहि २२ देखि २४ गतेसम्म स्वाब संकलन गरी गरिएको परीक्षणमा ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । १९ जना सांसदमध्ये एक जना राष्ट्रियसभा सदस्य रहेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
२ सय ५ जना सांसद र सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी गरी १ हजार २ सय ३४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->