शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रधानमन्त्री हटाउने कांग्रेसको निर्णय

प्रधानमन्त्री हटाउने कांग्रेसको निर्णय


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २६ २०७८, आइतबार

पोखरा, २६ वैशाख– शीर्ष तीन दलका अध्यक्षबीच को वार्ता पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले त्यसका लागि तयारी थालेको छ ।
शनिबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले ओली सरकारे लिन खोजेको विश्वासको मतलाई असफल पार्दै आफ्नै नेतृत्वमा सरकार बनाउन संसदमा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।
बैठक लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गरेका हुन् ।दलको बैठकले ओलीको राजीनामा माग पनि गरेको छ । ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न पनि कांग्रेसले सबै राजनीतिक दललाई खुला आह्वान गर्ने निर्णय गरेको ती सांसदले जानकारी दिए । संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने र अन्य सदस्यलाई समेत सो बैठकामा नजान सार्वजनिक रुपमा आह्वान गरेको कांग्रेसले अध्यादेशबाट मात्र देश चलाउने ओलीको शैलीप्रति आपत्ति जनाएको छ । यस्तै राष्ट्पति विद्यादेवी भण्डारीको भूमिकाप्रति समेत कांग्रेस असन्तष्ट रहेको छ ।
संसदीय दल बैठकमा देउवा सामान्यभन्दा केही आक्रोशित देखिएको कांग्रेस सांसदहरुको भनाइ छ ।‘यो सरकार लोकतन्त्रका कुरा गर्न छोड्दैन । तर, यति धेरै प्रश्नका बाबजुत संवैधानिक परिषद् अध्यादेशजस्ता संविधानविरुद्धका कानुन बनाएर अध्यादेशबाट शासन गर्न खोज्दै छ’ बैठकमा देउवाले भने,‘यति धेरै प्रश्न बेवास्ता गर्दै राष्ट्रपतिले पटक–पटक संविधानमाथिको हमला सदर गर्दै हुनुहुन्छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->