शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सांसद शाहीले ९ दिनमै जिते कोरोना

सांसद शाहीले ९ दिनमै जिते कोरोना


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २६ २०७८, आइतबार

पोखरा, २६ वैशाख– गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाही ९ दिनमै कोरोना संक्रमण मुक्त  भएका छन् । प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान गर्ने दिन (बैशाख १५) मा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राष्ट्रिय जनमोर्चाका सांसद हुन् ।
मतदानको अघिल्लो दिन गरेको परीक्षणमा सांसद शाहीकै एकैदिन ३ थरि कोरोना रिपोर्ट आएको थियो । मतदानका समयमा एकाएक ‘बेपत्ता’ भएपछि उनकै प्रमुख सचेतक पियारी थापाले ‘खोजी गरी पाऊँ’ भन्दै सचिवालयमा निवेदन दिएकी थिइन् । उनकै निवेदनका आधारमा सभामुखले अनिश्चित कालका लागि सदन स्थगित गरेका थिए ।
मतदान स्थलमा अनुपस्थित भएर सम्पर्कविहीन भएका सांसद शाही नागढुंगास्थित एक निजी अस्पतालमा ‘फेला’ परेका थिए । अवस्था एकदमै गम्भीर रहेको भन्दै प्रशासनले उनलाई भेट्न दिएको थिएन । अविश्वास प्रस्तावमाथि बैशाख २७ गते मतदान गर्ने अर्को कार्यसूची छ । उनले अस्पतालबाटै आफू अविश्वास प्रस्तावकै पक्षमा रहेको विज्ञप्ति जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->