काठमाण्डौ, २७ वैशाख– नेकपा एमालेका नेता वामदेव गौतमले नेता माधव नेपालले पार्टी विभाजन गरेर गए आफू त्यही पार्टीमा सामेल हुने बताएका छन् । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले अहिलेको परिस्थिति अनुसार स्पष्ट पारेको धारणा भन्दै सामाजिक सञ्जालमा यस्तो लेखेका छन् । उनले लेखेका छन्, ुअध्यक्ष कमरेडसँगको कुराकानीबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क। केपी शर्मा ओलीसँग उहाँले नेकपा ९एमाले० को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेर फर्किएको बताएका छन् । माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि चलाएको प्रति आफ्नो समर्थन नरहेको समेत स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ुयदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’





