शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संसदमा हाम्रो अनुपस्थितिले विभाजन र समर्पण दुवै हुँदैन : घनश्याम भुसाल

संसदमा हाम्रो अनुपस्थितिले विभाजन र समर्पण दुवै हुँदैन : घनश्याम भुसाल


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७८, सोमबार

काठमाण्डौ, २७ वैशाख– नेकपा एमालेका नेता घनश्याम भुसालले संसदमा अनुपस्थित हुने निर्णय चैत ४र ५ गतेको राष्ट्रिय भेलाको निर्णयअनुसार नै भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, संसदमा अनुपस्थिति चैत्र ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णय ‘न विभाजन, न समर्पण’ को अनुकूल छ ।
आजको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन् । सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ । एमालेकै नेपाल खनाल पक्षले प्रधानमन्त्री ओलीलाई मतदान नगर्ने निर्णय गरिसकेको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् । त्यस्तै, जसपाको उपेन्द्र यादव पक्षले पनि ओलीविरुद्ध लाग्ने निर्णय गरेको छ। संसद्मा अनुपस्थित हुने निर्णयले पार्टी विभाजन र समर्पण दुवै नहुने उनले स्पष्ट पारेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->