काठमाण्डौ, २७ वैशाख– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत नपाउने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा पाएको बताएका छन् । सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै देउवाले यसो बताएका हुन् ।
सम्बोधनको सुरुवातमै देउवाले भने, प्रधानमन्त्री ओलीजीले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै विश्वासको मत माग्नुभएको छ ।’





