शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मसालका महामन्त्री मोहनविक्रम सिंह कोरोनाबाट संक्रमित

मसालका महामन्त्री मोहनविक्रम सिंह कोरोनाबाट संक्रमित


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २८ २०७८, मंगलबार

काठमाण्डौ, २८ वैशाख– नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् । ८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले बताए । पुरीका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख छ । ‘दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको छ,’ पुरीले भने ।
उनलाई ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->