बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यहाँ त बाहिरका मान्छे डेरा जमाएर बसेका छन् : अध्यक्ष केसी

यहाँ त बाहिरका मान्छे डेरा जमाएर बसेका छन् : अध्यक्ष केसी


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २९ २०७८, बुधबार

गण्डकी प्रदेश सरकार गठनका लागि हालको विपक्षी गठबन्धनले मंगलबार हस्ताक्षर जुटाउने क्रममा प्रदेशसभा सदस्य कृष्ण थापाले हस्ताक्षर गर्न अस्विकार गरेका छन् । राष्ट्रिय जनर्मोचाबाट चुनाव जीतेका थापाले पार्टीको निर्देशन नमानेपछि अहिले राजमोभित्र खैलावला छ । यसै सन्दर्भमा ढोरपाटन व्युरो पोखराले राजमो अध्यक्ष चित्र बहादुर केसीसँग गरेको टेलिफोन संवादको संपादित अंश ।

–तपाईँका सभासद कृष्ण थापाले त तपाईंहरुको निर्देशन मानेनन् र गण्डकी पार्टीले के गर्छ ?
पार्टीले सांसद बनाउने पार्टीले भनेको नमाने के गर्छ तपाईंलाई अलिअलि थाहा छैन,त्यो कुरा ? जानि बुझिकन सोध्नुहुन्छ । पार्टीले गरिहाल्छ । सबैले जानेको कुरा हो, यसमा प्रश्न गर्नै परेन नि । पार्टीले सांसद बनाउँछ ,पार्टीको निर्देशन नमान्ने, पार्टी छाडेर बिक्री भएर जानेलाई पार्टीले त्यसै छाड्छ त्यसै ?’
–पार्टीले जिल्लाको कुरा बुझेन भन्ने उहाँहरुको गुनासो छ नि ?
ए..ए.. त्यसो पो हो त’ हामीभन्दा उनी धेरै जानकार रहेछन् थाहा भयो (व्यङ्ग्यात्मक.हाँसो )२०५१ सालदेखि हामीले, राष्ट्रिय जनमोर्चाले संसदमा भाग लियो, कुनैपनि सांसदले अहिलेजस्तो नालयक चरित्र देखाएकै थिएनन् । यिनीहरुको हविगत थाहा भयो, बिक्री भए । निहुँ पारेका छन्, तलतल जिल्लामा, गाउँमा जनताले मानेका छैनन् रे ! त्यस्तो कुरा पनि हुन्छ ? पार्टीले सांस्द बनाउँछ, नेता बनाउँछ । पार्टीले भनेको नमान्नेलाई त पार्टीले जे गर्छ गरिहाल्छ नि । संसारभर कारबाही नै गरिन्छ, यहाँ मात्रै हैन ।
–तपाईंले गर्ने कारबाहीले संसदको अंकगणितमा फरक पर्छ, कारबाही कहिले हुन्छ ?
कारबाहीको पनि प्रक्रिया हुन्छ नि । जिम्बालले पूर्जी काटेजस्तो त हैन नि । झगडियाको पूर्जी हैन नि । यसको प्रक्रिया होला ।स्पष्टिकरणको प्रक्रिया होला । पार्टीको सम्बन्धित निकायको बैठक बस्नुपर्ने होला । राणा शासन त हैन नि ।
–उहाँहरुले निहुँ निकालेर अगलत नै गर्नुभएको हो त ?
तपाईँहरुलाई सोध्छु म ! पार्टीले सांसद बनाउँछ, नेता बनाउँछ, पार्टीले भनेको नमानेपछि, हुन त यो जनमोर्चाको मात्रै रोग हैन । नेपालभरका पार्टी हेर्नुहोस् न, यो पतन हो ,यो राष्ट्रको कलंक हो नि । यो प्रधानमन्त्रीको हेर्नुहोस्, मुख्यमन्त्रीहरुको हेर्नुहोस् । सबै पार्टीको हालत के छ ? अन्य पार्टीमा भएको रोग यता ( जनमोर्चा) मा पनि स¥यो । बनाउने बेला पार्टीले बनाउनुपर्ने ? बनेपछि खरिद बिक्री भएर हिँड्ने भएपछि के गर्नुहुन्छ ?
तपाईँहरुको इमानमा त यसअघि प्रश्न उठाइएको थिएन नि ? एकाएक यस्तो किन भयो ?
छवि त थियो तर नहुँदो रहेछ । कहिँकहीँ त्यस्ता मान्छे पस्दा रहेछन् । स्वर्ग देख्ने कि नर्क देख्ने मरेपछि देख्ने त हो, जिउँदै त देखिँदैन ।
कृष्ण थापा र खिमविक्रम शाहीहरुले तपाईंलाई फोन गर्दैनन् ?
कहाँ फोन गर्ने उनले ? गर्दै गर्दैनन् । उनीरुले के टेलिफोन गर्ने ? तपाईँलाई म प्रश्न गर्छु । कुनै पनि पार्टीले सांसद बनाउन जनताकहाँ गएर कति काम गर्छ ! मेरो मात्र हैन कुनै पनि पार्टीले जिताइसकेपछि पार्टीको नीति नमानेर निजी महत्वकांक्षा पूरा गर्नेलाई पार्टीले छाड्छ ?
–ठूलै मोहजालमा परेजस्तो छ त ?
होला, ठूलै स्वार्थले नगाँजिकन त मान्छे पतन हुँदैन नि । उसको पतन हुनेको पनि क्षणिक स्वार्थ पूरा हुने हो नि । दीर्घकालीन रुपले त उसको राजनीतिक जीवन नै बदनाम हुन्छ । आज हेर्नुहोस् न,टोपबहादुर,रामबहादुर, मणि थापाहरुको के हालत भएको छ? होला, उनीहरुले सत्तामा जालान्, शक्तिमा बस्लान्,पदमा जालान्, पैसा कमाउलान् त्यो फरक कुरा हो । मुख्य कुरा त मान्छेको इमान, उज्जत नैतिकता, नीति हो नि,मूल्यवान बस्तु ,त्यसैलाई छाडेपछि कसको के लाग्छ ?
–सर्पलाई दूध खुवाइएछ जस्तो लाग्दैन अहिले ?
त्यो त भइरहन्छ । संसार हो, भ्रष्ट हुने, बिग्रने–भत्कने भइरहन्छ । ंघरअगाडि फोहर पानीको खाल्डो छ भने मच्छड त आइहाल्छ । यो दुषित राजनीतिको परिणाम हो । हाम्रो राजनीति कति दुषित छ भने ,त्यसको प्रभाव हाम्रोमा पनि प¥यो ।
तपाईं प्रतिगमन भन्नुहुन्छ, जरा नै गाडेछ कि क्या हो, प्रतिगमनले ?
यहाँका नेता त देखा परेका मात्रै हुन् । यहाँ त बाहिरका मान्छे डेरा जमाएर बसेका छन् । कसलाई भत्काउने, कसलाई किन्ने भन्ने सबै डिजाइन छ । यो दुःखद कुरा हो । एउटा पार्टी वा व्यक्तिको भन्दापनि यो राष्ट्रको निम्ति दुर्दशा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->