शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण आज

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण आज


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ३१ २०७८, शुक्रबार

काठमाडौं, ३१ वैशाख– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्दै छन् । उनको आज दिउँसो साढे २ बजे शपथ ग्रहण हुने हुने शीतलनिवासले जनाएको छ । यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली दोश्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । यस अघि २०७२ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए। ओली नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->