शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

४३आ‍ैं प्रधानमन्त्रीको रुपमा ओलीले लिए सपथ

४३आ‍ैं प्रधानमन्त्रीको रुपमा ओलीले लिए सपथ


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७८, शुक्रबार

काठमाण्डौ, ३१ वैशाख– ४३ औं प्रधानमन्त्रीका रूपमा केपी ओलीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार सपथ दिलाइन् ।
गत मंगलबार संसद्मा विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त भएका ओली राष्ट्रपतिले आह्वान गरेको तीन दिने समयसीमामा कसैले बहुमतको सरकार बनाउन नसकेपछि बिहीबार संसद्को ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।
देशमा कोरोना भाइरसको संक्रमणले भयावह रूप लिएको छ । यसबीचमा स्थानीय सरकारले आ–आफ्नो भूमिका खेलिरहेका छन् । शुक्रबार पुनः प्रधानमन्त्रीको सपथ लिइरहँदा स्थानीय सरकारले भने अब केही समय संक्रमण रोक्नेतर्फ ध्यान दिन ओलीलाई सुझावसहितको शुभकामना दिएका छन् ।

संसद्बाट विश्वासको मत नपाएपछि ओली स्वतः पदमुक्त भए । ओलीले विश्वासको मत नपाएको सभामुख अग्नि सापकोटाले घोषणा गरे । २०७४ को फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओली पदमुक्त भए । राजनीतिक दलहरूले विश्वासको मत नदिएपछि अपदस्थ भएसँगै राष्ट्रपति भण्डारीले मंगलबार राती संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिन् ।
मंगलबार रातीदेखि दलहरू कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न कसर गरिरहे । तर, जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहको ओली प्रेम, ओलीले माधव नेपालसहितका ४ जना एमाले नेतामाथि गरेको कारबाही फुकुवापछि घटनाले नाटकीय मोड लियो । राजनीतिक घटनाक्रम मोडिएसँगै कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपाबीच तालमेल गरेर देउवा नेतृत्वमा बहुमतको सरकार बनाउने प्रयत्न विफल भयो ।
राष्ट्रपतिले दिएको समयसीमासम्म कुनै पनि दलले बहुमतको सरकारको नेतृत्वका लागि दाबी नगरेपछि ठूलो दलको हैसियतमा एमाले अध्यक्ष ओली पुनः मुलुकको प्रधानमन्त्रीका रूपमा बागडोर सम्हाल्ने अवसर पाए । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसद्मा रहेको सबैभन्दा ठूलो दलको नेताको हैसियतले पुनः प्रधानमन्त्री ओली प्रधानमन्त्रीमा नियुक्त भए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->