सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पत्रकार महासंघ गण्डकीले सुरु गर्यो १ करोडको कल्याणकारी कोष

पत्रकार महासंघ गण्डकीले सुरु गर्यो १ करोडको कल्याणकारी कोष

सवै किसिमका विपतमा परेका पत्रकार/सञ्चारकर्मीलाई सहयोग गर्ने उदेश्य


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७८, शनिबार

पोखरा, १ जेठ – विपतमा परेका पत्रकार/सञ्चारकर्मीलाई सहयोग गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले १ करोडको ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिबार वसेको तेस्रो वैठकले १ करोड बरावरको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।
महासंघका प्रदेश समितिका अध्यक्षसहित पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले प्रतिब्यक्ति १५ हजारका दरले रकम जम्मा गरेर पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको प्रदेशका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।
‘सुरुमा महासंघका पदाधिकारी, सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट कम्तिमा १५ हजारका दरले रकम जम्मा गर्ने निर्णय भएको छ ।’ महासचिव सुवेदीले भने, ‘कार्यसमिति सदस्यहरुले स्वच्छिक रुपमा कोषमा सहयोग गर्नुहुनेछ ।’
महासंघले गण्डकी प्रदेशबाट पत्रकार महासंघमा प्रतिनिधितव गरेका पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, अग्रज पत्रकार, योगदान दिन चाहने सबै सञ्चारकर्मी/पत्रकार, प्रदेश सरकार, स्थानीय र निजी तथा सामाजिक संघसस्थालाई पनि कोषमा सहयोग गर्ने अनुरोध गरेको छ ।
कल्याणकारी कोषको सञ्चालन कार्यविधि बनाएर अध्यक्ष नारायण शर्मा नेतृत्वको समितिले गर्नेछ । महासंघले महासचिव गोविन्द सुवेदीको संयोजकत्वमा ‘पत्रकार कल्याणकारी कोष सञ्चालन कार्यविधि मस्यौदा समिति’ गठन गरेको प्रदेश समिति सदस्य रञ्जिता शर्माले वताईन । समितिको सदस्यमा सचिवद्धय यदुनाथ बञ्जरा, कैलाशबाबु श्रेष्ठ र कोषाध्यक्ष राजेन्द्र न्यौपाने रहेका छन् ।
महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले श्रमजीवि पत्रकार लाभान्वित हुनेहुँदा कोष स्थापनामा सबैले हातेमालो गर्नुपर्ने बताए । प्रदेश समिति सल्लाहकार दीपेन्द्र श्रेष्ठले पत्रकारको हितका लागि कोष स्थापना हुन स्रहानीय कार्य भएको र आफ्नोतर्फबाट पूर्णरुपमा सहयोग रहने बताए ।
बैठकले कोरोना उपचारको क्रममा निधन भएका पत्रकार गणेश पौडेलप्रति श्रद्धञ्जली अप्रण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै संक्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण पत्रकारलाई स्वास्थ्य सुरक्षाको पालना गरेरमात्र कर्म क्षेत्रमा खटिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->