शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कार्यदल सदस्यको टुंगो लगाउन ओली–नेपालबीच वार्ता सुरु

कार्यदल सदस्यको टुंगो लगाउन ओली–नेपालबीच वार्ता सुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७८, आइतबार

काठमाण्डौ, २ जेठ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच वार्ता सुरु भएको हो । आजको वार्ता र बैठकले एमालेको समस्या समाधानका लागि कार्यदलको सदस्यको टुंगो लगाउन बताइएको छ ।
ओली र नेपालबीच ०७५ जेठ २ आसपासबाट विवादको निकास खोज्ने सहमति बनेको छ । तर, एमालेको विवाद समाधानको लागि बसेका बैठकमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसमेत बसेपछि नेता नेपाल पक्षले आशंका व्यक्त गरिरहेको छ । कार्यदलबाट सहमति गरेपछि ओलीले कार्यान्वयन गर्नेमा नेता नेपाल पक्ष विश्वस्त देखिएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->