आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एनआरएन युकेले सय अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने

एनआरएन युकेले सय अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने


  • कृष्णप्रसाद शर्मा
  • जेष्ठ २ २०७८, आइतबार

लण्डन, २ जेठ– नेपाली दूतावास लन्डनको प्रमुख संयोजनमा शनिबार बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिबीच एक बैठक सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ युकेसहित बेलायतका करीब ६० नेपाली संघसंस्थाको उपस्थिति रहेको बैठकमा नेपालमा बढ्दै गइरहेको कोरोना रोकथाम र नियन्त्रणका लागि पहिलो चरणमा सय अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई सहयोग गर्न घोषणा गरिएको छ ।
बैठकलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले विदेशबाट सबैले सक्दो सहयोग गरिरहेको भएपनि गैरआवसीय नेपाली संघ युकेको पहलमा कम्तीमा सय वटा अक्सिजन कन्सन्ट्रेटर पठाउन पहल गर्न आग्रह गरेका थिए ।
उनले नेपाल पठाउन र त्यहाँ वितरण गर्न नेपाली दूतावासले सहयोग र समन्वय गर्ने हुँदा ढुक्क भएर सहयोग अभियान थाल्न अनुरोध गरे । साथै उनले सहयोग अभियानमा सामग्री सोचेभन्दा बढी नै जम्मा पार्न सकियो भने आवश्यक परे हवाई चार्टर्ड गर्न पनि दूतावासले पहल गर्ने बताए ।
यस्तै गैरआवसीय नेपाली संघ युकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरुङले आपत्का बेला विदेश बस्ने नेपाली एकजुट हुने गरेका सुनाए । सन् २०१५ मा नेपालमा भूकम्प जाँदा नेपाली दूतावास लन्डनले नेपाली संघसंस्थालाई एकबद्ध गराएर सहयोग पठाइएको उनले स्मरण गराए । उक्त समयमा गुरुङकै पहलमा ६ लाख आर्थिक सहयोग नेपाल पठाइएको थियो ।
गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङले देश रोइरहेको बेला हामी हाँस्न सक्दैनौँ र यो विपद्मा सबै एकजुट हुन आग्रह गरे । बैठकमा विभिन्न संघसंस्थाका प्रतिनिधिले आ–आफ्नो संस्थाबाट कम्तीमा एउटा अक्सिजन कन्सन्ट्रेटर सहयोग दिने बताएका थिए । संघसंस्थाले एकदुई दिनभित्रै आफूले घोषणा गरेको रकम जम्मा गरी एक हप्ताभित्र सामग्री नेपाल पु¥याउने र त्यसका लागि एउटा सानो कार्यदल पनि घोषणा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->