बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट ३ जना घाइते

लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट ३ जना घाइते


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार
भुकम्पले भत्काएकाे घर ।

लमजुङ, ५ जेठ – बुधबार विहानै लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पले जिल्लामा ठुलो क्षति नपुराए पनि सामान्य क्षति भने भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगा थापाका अनुसार अहिलेसम्म ७ घरमा क्षति पुगेको छ भने ३ जना घाईते भएको जानकारी आएको छ । घाइतेको स्थानीय अस्पताल मै उपचार भइरहेको छ ।

तस्वीर: भूकम्पबाट घाईते स्थानीय महिला ।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको म्याग्निच्युड ५ . ८ भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का पोखरा, बागलुङ, तनहुँ, गोरखा, धादिङ, काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा महशुस भएको थियो । भूकम्पको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->