आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मुआथाईका प्रशिक्षक गोदार पोखरा महानगर खेलकुद अध्यक्ष

मुआथाईका प्रशिक्षक गोदार पोखरा महानगर खेलकुद अध्यक्ष


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार

पोखरा,५ जेठ– नेपाल मुआथाईका राष्ट्रिय प्रशिक्षक दिपक गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्षमा मनोनयन भएका छन । आफ्नो जिवन नै खेलकुदमा समर्पित गरेका गोदारलाई बुधवार महानगर खेलकुद विकास समिति अध्यक्षमा मनोनयन गरेको हो । गोदर मुआथाई मात्र नभई विभिन्न खेलमा समेत आवद्ध रहेका छन् । आगामी ३ वर्षका लागि गोदारलाई महानगरको अध्यक्षमा मनोनयन गरिएको हो । गोदार नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष समेत हुन । महानगर खेलकुद विकास समितिमा १२ सदस्य समति गठन गर्ने प्रावधान रहेको छ । अन्य सदस्य तथा पदाधिकारी भने चयन गरेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->