पोखरा, ८ जेठ – विपक्षी ५ दलीय गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिँदै राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले त्यसलाई अस्वीकार गर्दै सो कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने उद्घोष गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरवहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दुर्गा पौडेल उपस्थित भएर राजनीतिक र कानुनी लडाइ लड्ने घोषणा गरेका हुन् ।
उनीहरुले विज्ञप्तिमार्फत संघिय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र सर्वाेपरी राष्ट्रिय हित रक्षाका लागि दृढतापूर्वक अगाडि वढ्न सवैलाई आब्हान गरेका छन् ।
हेर्नुहोस विज्ञप्तिको पूर्णपाठः






