बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गरीवका लागि अनलाइन कक्षा : ‘आकाशको फल आँखातरी मर’

गरीवका लागि अनलाइन कक्षा : ‘आकाशको फल आँखातरी मर’


  • पूर्ण खड्का
  • जेष्ठ ११ २०७८, मंगलबार

अहिले हाम्रो देश नेपाल कोरोना महामारीको चरम विन्दुमा पुगेको छ । नेपालका ७५३ वटै स्थानीय तहमा कोरोनाले यतीबेला होली मनाइरहेको छ । प्रत्येक गाउ गाउँ, टोल टोलमा कोरोना संक्रमित व्यक्तिहरु छन् । पिसिआर परिक्षण गर्दा ६० देखि १०० प्रतिशतसम्म पोजेटिभ रिपोर्ट आइरहेको छ । हस्पिटलमा अक्सिजनको अभाव भैरहेको छ । बिरामीहरु छटपटाई मर्न बाध्य भइरहेका छन् । गाउँटोल र बजार बन्द छन् । ब्यापार ब्यावसाय, उद्योगधन्दा कलकारखाना बन्द छन् । मानिसहरु घरबाट बाहिर निस्किन सकिरहेका छैनन् । तर यस्तो परिस्थितिमा पनि अनलाइन कक्षा भने एउटा अवसरको रुपमा आएको छ । यस्तो विषम परिस्थितिमा पनि विद्यार्थीहरुलाइ अध्ययनको सुविधा प्रदान गरिरहेको छ ।
यस कक्षाले विद्यार्थीहरुलाई बाहिर ननिस्किकन एउटा कोठाभित्र बसेर अध्ययन गर्ने अवसर जुराएको छ । शनिबारबाहेक दैनिक हुने अनलाइन कक्षा र त्यसपछिको गृहकार्यले गर्दा विद्यार्थीहरुलाई अहिले बाहिर निस्कने फुर्सद नै छैन । यसले गर्दा बालबालिकाहरु यस रोगको संक्रमणबाट धेरै हदसम्म जोगिन सफल भएका छन् । तर यस अनलाइन कक्षा केही महंगो तथा खर्चिलो भएको कारणले गर्दा यसले गरिबीको रेखामुनी रहेका अभिभावक र विद्यार्थी भाइबहिनीहरुलाई जोड्न सकिरहेको छैन । अनलाइन कक्षा सञ्चालन गर्दा आवश्यक पर्ने इन्टरनेट, सुविधायुक्त मोबाइल तथा ल्यापटपको कारणले गर्दा गरिब अभिभावक तथा विद्यार्थीहरुलाई यो कक्षा मंहगो पर्न गएको छ ।
सरकारले निशुल्क शिक्षाको व्यवस्था गर्दै समुदायमा रहेका गरिब असाय बालबालिकाहरुलाई विद्यालयसम्म ल्याई शिक्षा दिने अभियानले आर्थिक अवस्थाका कारण घरमै राख्नुपर्ने बाध्यतालाई चिरेको थियो । कोरोनाको दोस्रो लहरको कारण आफु जस्तै अनपढ भएपनि आफ्ना बालबच्चा शिक्षित बनुन् भन्ने अभिभावकको इच्छालाई रहरमै सिमित राख्न बाध्य बनाएको छ । दैनिक ज्यालादारीको भरमा चुल्हो बाल्ने अभिभावकहरुलाई यस रोगको कारण सृजित लकडाउन र निशेधाज्ञाले धेरै अप्ठ्यारो पारेको छ । उद्योग कलकारखाना सबै बन्द भएका कारण काम पाइदैन । एकातिर कामको चिन्ता अर्काेतिर मामको चिन्ताले सताइरहेको बेला झन् विद्यालयहरु भौतिक रुपमा बन्द भई अनलाइन कक्षा सञ्चालनमा आउँदा र आफ्ना बालबच्चा अध्ययनबाट बञ्चित भैदिँदा आलो घाउमा नुनचुक छर्केझै भएको छ । छिमेकमा रहेका आफ्नै बालबच्चाका साथीहरु अनलाइन कक्षामा रमाउँदै सिक्दै गरिरहेका छन् तर बिहान खाए बेलुका के खाने भन्ने परिस्थितिले गर्दा चाहेर पनि मोबाइल तथा इन्टरनेटको सुविधा उपलब्ध गराउन सकिरहेका छैनन् ।
कुन अभिभावकलाई पो रहर हुँदैन र आफ्ना बालबच्चा राम्रा र असल बनुन्, धेरै पढुन् भन्ने तर आफुसंग गरिबीको प्रमाणबाहेक अन्य धन सम्पत्ति नहुँदा चाहेर पनि बालबच्चालाई अनलाइन पढाउन सकिरहेका छैनन् । घरमा रहेको नेट र मोबाइलको पहुँचमा छिमेकीका बालबच्चाहरु अनलाइन कक्षा अध्ययन गरी रमाइरहेको दृश्य आफनोे झुपडीबाट हेरिरहनु सिवाय अन्य उपाय नभएपछि गरिव अभिभावकलाई अनलाइन कक्षा आकाशको पल आँखातरी मर जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->