बागलुङ, ११ जेठ– नेकपा माओवादी केन्द्र बागलुङ नगर कमिटीले संसद विघटनको भत्र्सना गरेको छ । पार्टीले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाली जनताको लामो समयको त्याग, हजारौको बलिदानबाट प्राप्त उपलब्धीमाथि प्रधानमन्त्री र राष्ट्रपतिले जनघात गरेको आरोप लगाइएको छ ।
नेकपा माओबादी केन्द्र बागलुङ नगर कमिटिका सचिव पारस केसी (इन्द्र)द्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको असंवैधानिक कदमप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै भत्र्सना गरिएकोे हो । विज्ञप्तीमा नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर बुझाउँदा बुझाउँदै पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट जनघाती कदम चालिएको आरोप लगाईएको छ ।
पौष ५ पहिलो पटक गरिएको संसद विघटनको यो निरन्तरता भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको असवैधानिक, अलोकतान्त्रिक, निरंकुश प्रतिगामी र राष्ट्रघाती कदमको प्रतिवाद र प्रतिरोधको लागि पार्टीपंक्ति र आम जनसमुदाय समक्ष अपिल गरिएको छ ।
विज्ञप्तीमा कोराना महामारीले नेपाली जनताले दिनानु दिन ज्यान गुमाउनु परेको अवस्थामा जनताको स्वास्थ्य सुरक्षामा पटक्कै ध्यान नदिएर चुनावको रटान लगाउनु हास्यस्पद मात्र भएको आरोप समेत लगाईएको छ ।





