बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

सुटिङ्की कल्पना टोकियो ओलम्पिकमा सहभागी हुने

सुटिङ्की कल्पना टोकियो ओलम्पिकमा सहभागी हुने

 पाइन वाइल्ड कार्ड


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०७८, शुक्रबार

पोखरा, १४ जेठ – सुटिङ राष्ट्रिय खेलाडी कल्पना परियारले टोकियो ओलम्पिकमा सहभागिता जनाउने भएकी छिन । जापानको राजधानी टोकियोमा जुलाइ २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिकको लागि परियाले वाइल्ड कार्ड प्राप्त गरेकी हुन । उनले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन । नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल सुटिङ संघको प्रयासले वाइल्ड कार्ड प्राप्त गरेको एनओसी उपाध्यक्ष एवम् कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले जानकारी दिए । वैद्यका अनुसार अन्य खेलका लागि समेत वाइल्ड कार्डको प्रयास भइहेको बताए । परियारसंगै ओलम्पिकमा पौडीका एलेक्स शाह गौरिका सिंह र म्याराथनका गोचीचन्द्र पार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->