
तनहुँ, ३० जेठ – तनहुँमा पाँचौ पटक निषेधाज्ञा थप गरेर असार ७ गतेसम्म लम्बाईएको छ । आईतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले एक हप्ता फेरी निषेधाज्ञा थप भएको आदेश जारी गरेको हो ।
कोरोनाको जोखिम नघटेकाले निषेधाज्ञा लम्बाईएको प्रमुख जिल्ला अधिकारी सागार आचार्यले बताए । थपिएको निषेधाज्ञामा अहिलेको तुलनामा खुकुलो बनाईएको छ । विहान ९ बजेसम्म खुल्दै आएका अत्वाश्यक सेवा दिने व्यवसाय सञ्चालनमा १ घण्टा समय थप गरिएको उनले जानकारी दिए । अब खाद्यन्न, तरकारी, दुध डेरी लगायतका अत्वाश्यक सेवा विहान १० बजेसम्म सञ्चालन हुने प्रजिअ आचार्यले जानकारी दिए ।
यस्तै थपिएको निषेधाज्ञामा छापाखाना तथा स्टेशनरी पसल, वर्कसप, मोवाइल मर्मत पसललाई पनि समय तोकेर सञ्चालन गर्न दिने निर्णय उनले बताए । बैंक तथा वित्तीय संस्थाले दिउँसो १ बजेसम्म न्यूनतम कर्मचारी राखेर अत्यावश्यक सेवा दिन पाउने जनाईएको छ ।
सोमबार राती १२ बजेदेखि जिल्लामा लागू गरिएको चौथो चरणको निषेधाज्ञा सकिँदै छ । २२ वैशाखदेखि तनहुँमा निषेधाज्ञा जारी छ । ३१ वैशाखमा समय सकिएपछि पुनः दोस्रो चरणमा १५ जेठसम्म निषेधाज्ञा लम्बाइएको थियो । २२ जेठमा सएिपछि जेठ मसान्तसम्म निषेधाज्ञा थप भएको थियो ।





