पोखरा, ६ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रधानमन्त्रीको अधिनायकवादी प्रवृत्तिले संविधानको भावनामा कुठराघात भएको आरोप लगाएका छन् ।
प्रजातान्त्रिक विचार समाज कास्कीले शनिबार भर्चुअल रुपमा गरेको ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तक्र्रिया र पुस्तक विमोचन कार्यक्रमा बोल्दै उनले संविधानको सर्वोच्चता भनेकै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित पद्धति जोगाउने काम सरकारको भएपनि वर्तमान प्रधानमन्त्रीले संविधान कुल्चने काम गरेको जिकिर गरे । पोखरेलले संविधानमाथि अहिले खतरा उत्पन्न भएको भन्दै यसको रक्षाको दायित्व नेपाली कांग्रेसमा आएको बताएका छन् ।
विचार समाज कास्कीले प्रकाशन गरेको ‘विचार प्रवाह’ को सातौं अंकको उक्त अवसमार मुख्यमन्त्री पोखरेलले विमोचन गरे । कार्यक्रममा विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा वासुदेव भण्डारी जिल्ला अध्यक्ष प्राडा गिरिधारि शर्मा, उपाध्यक्ष डा. वीरबहादुर कार्की, सचिव शिशुकला पराजुलीलगायतले विचार व्यक्त गरे । अधिवक्ता कपिलमणि दाहालले अवधारणा पत्र प्रस्तुत गरेको कार्यक्रममा संविधानविद् डा. विपीन अधिकारीले टिप्पणि गरेका थिए ।





