बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा लम्बियो निषेधाज्ञा

तनहुँमा लम्बियो निषेधाज्ञा


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७८, बुधबार

तनहुँ, १६ असार– तनहुँमा पुनः निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै २४ असारसम्म निषेधाज्ञा थपेको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा बुधबार राती १२ बजे सकिँदै छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण दर नघटेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अहिले निषेधाज्ञा भनिए पनि बजारमा सबै व्यापार, व्यवसाय खुल्न थालेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले थपिएको निषेधाज्ञामा निजी सवारी साधनलाई चल्न दिइने बताए । उनले भने, ‘निजी सवारी मितिअनुसार जोर गते जोर र बिजोर गते बिजोर चल्न दिने निर्णय भएको छ ।’

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु किनबेच हुने व्यवसाय बिहान ५ देखि १० बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ । साथै, अन्य सेवा तथा व्यवसाय बिहान ८ देखि दिउँसो १ बजेसम्म खोल्न दिइने प्रशासनले जनाएको छ ।

यसअघि अन्य व्यवसाय बिहान ८ बजेदेखि ११ बजेसम्म मात्र खुला गर्न अनुमति थियो । २२ वैशाखदेखि तनहुँमा निषेधाज्ञा जारी छ । ३१ वैशाखमा समय सकिएपछि पुनः दोस्रो चरणमा १५ जेठसम्म निषेधाज्ञा लम्ब्याइएको थियो ।

२२ जेठमा सकिएपछि मसान्तसम्म निषेधाज्ञा थपिएको थियो । त्यसपछि ७ असारसम्मलाई थपिएको थियो । उक्त अवधि नसकिँदै पुनः १६ असारसम्म निषेधाज्ञा थप भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->