पोखरा, १९ असार– कास्की कांग्रेसमा ८ हजार ६२२ जना क्रियाशिल सदस्य थपिएका छन् । यसअघि रहेकामध्ये १० हजार ५२० जनाले सदस्यता नवीकरण गर्दा कास्की कांग्रेसको कुल सदस्य संख्या १९ हजार १४२ पुगेको छ ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार बसेको बैंठकले वडा, प्रदेश, क्षेत्र हुँदै जिल्लामा सिफारिस भएका क्रियाशील सदस्ययता अनुमोदन गरेको हो । अनुमोदित सदस्यहरुलाई केन्द्रमा पठउाने तयारी गरिएको कास्की कांग्रेसका प्रवक्ता नविन सिग्देलले जानकारी दिए । उनका अनुसार कास्कीमा सदस्यतासम्बन्धी कुनै विवाद र उजुरी परेन ।





